डाक्टरसंगै बिहे गर्ने इच्छा छ – नवनायिका प्रतिक्षा खड्का
मंगलबार, कात्तिक ९, २०७३

दशैँ कस्तो कसरी मनाउनु भयो ?
दशैँ भन्दा अगाडि विच्छुं फिल्मको गितको सुटिङ थियो । त्यसैले काठमाडौंमा नै मनाइयो । जन्मघर पोखरा र मामाघर जान पाइएन । यहिँ काठमाडौंमा नै मनाइयो तर रमाइलो भयो ।

तिहार नजिकै आउँदैछ । कत्तिको व्यस्त हुनुहुन्छ, ?
त्यस्तो खासै केहिमा व्यस्तता छैन अहिले त । मेरो टिनेज फिल्म रिलिज हुँदै छ । त्यसैको लागि प्रचार – प्रसार गर्दैछु । तिहारको लागि दुई तिन वटा कार्यक्रमबाट अफर आएको छ । स्टेज प्रोग्राम अहिलेसम्म गरेकी छैन तर एउटामा चाँहि जान टाइम हुन्छ होला ।

अभिनय क्षेत्रलाई नै किन रोज्नुभयो नि ?
अभिनय मेरो सानैदेखिको रहर, सपना हो । मेरो दिदी पनि यहि क्षेत्रमा भएकाले मलाई सजिलो भयो । धेरै मेहेनत गरेर म्युजिक भिडियोहरुमा खेलें  । दर्शकले पनि धेरै मन पराउनुभयो । त्यसपछि धेरै ठाउँबाट कुरा आयो त्यसमा पनि मैले आफ्नो भुमिका निभाउँदै अगाडि बढें ।

तपाईलाई मनपर्ने अभिनय, हट कि सिम्पल ?
मैले धेरै अभिनय गरिसकेको छु । तर कसैको त बुहारी, छोरी, पत्नी बनेर अभिनय गरेको छु । म्युजिक भिडियोमा पनि धेरै किसिमको अभिनयहरु हुन्छ । कहिले विग्रिएको छोरी भने कहिले राम्रो सप्रिएकी छोरी अनेकौ पात्रहरु निभाए तर सबैभन्दा संस्कारी छोरी बनेर अभिनय गर्न मनपर्छ ।

तपाईंको भविष्यको योजना बताइदिनुस् न ?
पढ्दै छु । पढाईलाई पहिलो प्राथमिकता दिन्छु । पढाई महत्वपूर्ण कुरा हो त्यसैले पढाईलाई मैले धेरै बुझेकी छु । दोस्रो भनेको मेरो कलाकारिता क्षेत्र हो । मेरो सपना पनि भविष्यमा ठुलो र सफल नायिका बन्ने हो ।

त्यसका लागि धेरै मेहेनत गरिरहेको छु । मेरो सपना पुरा भएपछि म समाजमा धेरै राम्रो शिक्षा फैलाउने काम गर्छु । नामको लागि समाजसेवी हैन कामको लागि समाजसेवी बन्छु ।

अहिलेसम्म दर्शकले मन पराइदिनु भएको छ । यस्तै मन पराउँदै जानुहोला म पनि तपाईहरुले चाहेजस्तै अभिनय दिने प्रयास गर्नेछु । राम्रो हुँदा राम्रो र नराम्रो हुँदा नराम्रो भनि प्रतिक्रिया दिनुहोला । मेरो अभिनयमा अझ निखारपन ल्याउँदै जानेछु ।

कलाकारिता क्षेत्रमा प्रवेश गरिसकेपछीको आफ्नो अनुभव सुनाउनुस् न ?
यो क्षेत्र धेरै राम्रो छ । कलाकारिता क्षेत्रमा प्रवेश गरेका सबै नराम्रा हुन्छन् भन्ने हुन्न । धेरै लगानी गरेर फिल्महरु बनाइएको हुन्छ । त्यसैले खर्च उठ्नेगरी काम गर्नुपर्छ । पात्रअनुसारको अभिनयमा भुमिका निभाउन सक्नुपर्छ ।

कला छैन भने यो क्षेत्रमा आउन धेरै गाह्रो हुन्छ । यो फिल्मी क्षेत्र भनेको पनि परिवार जस्तै हो नजानेको सोध्न मिल्छ । भित्र छुट्टै टिम हुन्छ नराम्रो नसोचेनी हुन्छ ।

तपाईंको रोल मोडल को हो ?
म कोही जस्तो बन्दिनँ । म आफू प्रतिक्षा बन्न चाहान्छु । सबैले मलाई प्रतिक्षा खड्का भनेर चिन्ने बन्छु र चिनाउने छु । म मेरो देशलाई धेरै माया गर्छु त्यसैले नेपाली नायिका भएपछि नेपाललाई नै केहि गर्ने सोचमा छु । मेरो सानैदेखिको चाहना हो । चाहना भएर हुँदैन त्यसको लागि मेहेनत गर्नुपर्छ ।

अब कसरी अगाडि बढ्ने सोच बनाउनु भएको छ ?
म्युजिक भिडियो धेरै गरें । दुईवटा फिल्म टिनेज र विच्छीं आउँदै छ । टिनेज फिल्म पनि चाँडै रिलिज हुँदैछ । सानो उमेर छ, त्यसमा पनि क्लास नलिई अरुको फिल्म भिडियो हेरेर नक्कल गरिरहेकी छु । टिनेज फिल्म हेरेर सबैले प्रतिक्रिया दिनुहोला ।

अबका पछिल्ला दिनमा कस्ता खालका फिल्ममा खेल्नुहुन्छ ?
मलाई समाजमा घटेका घटनाको होइन समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने खालको कथामा अभिनय गर्नेछु । मलाई एक्सन मुभि गर्न मन छ ।

जो पनि जस्तो पनि कलाकारिता क्षेत्रमा लागेका छन् नी ?
 धेरैले विदेश जाने आउने अनि कलाकारिता क्षेत्रमा हात हाल्ने गरेका छन् । अनि सबैले हात हालेर छोड्दा नराम्रो हुने हो । म त भन्छु तपाईहरु यहि क्षेत्रमा अगाडि बढ्ने हो भने मात्र यो क्षेत्रमा आउनुहोला ।

नभए पैसा खर्च नगर्नुहोला । आफू जे कुरामा सक्षम छु भन्ने लाग्छ, त्यसैमा जान अनुरोध पनि गर्छु । कलाकारिता भनेको अरुको भावनालाई बुझ्ने हो । पिडा हुँदा, र हाँस्दा कस्तो हुन्छ भन्ने थाहा नभए कलाकारले अभिनय गर्न नै सक्दैन । सबै बुझेर जानेर, पढेर आउनुपर्छ ।

अलिकति व्यक्तिगत कुरा पनि जोडौँ हैः

मंसिर नजिकिँदै छ । यसपाली नै  विहे गर्ने योजनामा हुनुहुन्छ ?
(हाँसो)... अहिले नगर्ने विहे । म जहिलेसम्म सक्षम हुन्न त्यो बेलासम्म विहे गर्दिनँ । अहिले मेरो परिवारले पनि मलाई विहेको केही कुरा गर्नुहुन्न । मेरो सपना जहिले पुरा हुन्छ, तबमात्रै विहे गर्छु । मेरो उमेर सानै छ । अझै ५ वर्ष हैन १० वर्ष पछि गर्दा पनि हुन्छ ।

अनि त्यति लामो समयसम्म उमेर ढल्किदैन र ?
हुँदैन ।  छोरीमान्छे चाँडै विहे गर्छन भन्छन् तर म गर्दिन । फिल्मि क्षेत्रमा ५ –६ वर्ष स्ट्रगल गर्छु । त्यसपछि हुन्छ विहे भन्ने कुरा ।
 
केटा साथी त होलान नि ?
मैले अहिलेसम्म सोचेको पनि छैन लभको बारेमा । हाई हेल्लो गर्ने केटा साथि भनेको छुट्टै हो । आजकालको केटा – केटी लभलाई हावामा लिने गर्छन्, माया भन्ने बुझेकै हुँदैनन् । यत्तिकै लभ प¥यो अनि ब्रेकअप भयो भन्छन् साथिहरु पनि ।

त्यसैले अरुको देख्दा देख्दै म दिक्क भएर लभमा नपरेको हो । मलाई लभ गर्न पनि मन पर्दैन । मेरो नि धेरै साथि छन् प्रपोज पनि गर्छन तर म नजिस्क्याउ भन्छु । प्रेममा अहिल्यै पर्न मन नै छैन ।

पाँच/छ वर्षपछि विहे गर्छु भन्नुहुन्छ । त्यतिबेला कोही माग्न आएन भने ?
(हाँसो)... मलाई बुझ्ने साथि पाएँ भने ५–६ वर्षपछि विहे गर्छु । मलाई अझै १० वर्ष पछि पनि माग्न आउँछन् जस्तो लाग्छ । अहिले त सोच्ने समय नै छैन ।

उमेर गएपछि त तपाईले रोजेजस्तो पाउन पनि त मुस्किल पर्ला नि ?
खै ! सबैको भगवान्ले जोडि बनाएर पठाएका हुन्छन् रे । मेरो लागि पनि कतै होलान् नि ।

विहे गर्दा नेपालमा नै गर्नुहुन्छ कि बाहिर ?
म त नेपालमा नै विहे गर्छु ।
 
नेपालको कुन ठाउँमा गर्ने योजना छ ?
मलाई नेपालको पोखरा एकदमै मनपर्छ । सुन्दर छ, त्यहि भएर अरु ठाउँमा भन्दा पोखरा मन पर्छ ।

अनि बुबा ममिको घर पोखरामा नै आफ्नो नयाँ घर पनि त्यहिँ ?
हो मलाई पोखरा एकदमै मनपर्छ । फोहोर देख्न पनि पाइन्न । मेरो घर अहिले त्यहिँ भएर मात्रै हैन धेरै ठाउँमा गएँ तर पोखरा नै मनपर्छ ।

पोखरामा नै विहे गर्छु भन्नुहुन्छ । यसको मतलव प्रेममा हुनुहुन्छ भन्ने होईन र ?
छैन । त्यस्तो हैन तर सम्भव भएसम्म म पोखरामा नै बस्छु । नेपालको रमणिय ठाउँ भएर होला । पोखराकै हावापानीमा हुर्केर होकी किन हो त्यहिँको हावा पानी मात्रै मनपर्छ ।
 

यो क्षेत्रमा धेरै आम्दानी हुन्न, पोखरा त धेरै महङगो छ नि ?
अहिले मेरो बाबा मामुको घरमा हुँदा मलाई गाह्रो होइन । विहेपछि भनेको पनि हजबेण्डको हातमा हुन्छ । कसरी राख्ने के गर्ने भन्ने कुरा त ।

जागिरे छन् त त्यसो भए ?
छैनन् त्यस्तो त । मेरो यो क्षेत्रमा पनि हल्का त आम्दानी हुन्छ नै । म अहिलेको आम्दानीमा खुशी नै छु ।

रोज्नै परे कुन क्षेत्रको व्यक्ति रोज्नुहुन्छ ?
मलाई त एकदमै मनपर्ने भनेको डाक्टर हो । म धेरै विरामी हुन्छु । सुटिङमा पनि कहिलेकाँही प्रेसर लो हुन्छ । जहिल्यै औषधि र खानेकुरा ब्यागमा राख्नुपर्छ । सुटिङमा खाने ठेगान हुन्न । सानैदेखि विरामी हुने हुनाले मलाई मन परेको हो । डाक्टर सानैदेखि भगवान् जस्तै लाग्छ ।

अन्त्यमा ?
मेरो टिनेज फिल्म आगामी माघ २१ म रिलिज हुँदैछ । सबै जना परिवारको साथमा गएर हेर्नुहोला । अझ युवाहरुको लागि हेर्नैपर्ने छ । अभिभावकलाई लिएर गएर हेर्नुहोला । राम्रो कथाबस्तुमा रहेको छ ।

यसले ठुलो प्रेरणा दिने कोशिस गरेको छ । टिनेजमा आमा बाबुको, साथिभाईको अगाडि, आफुले आफ्नो दायित्व र कर्तव्य विर्सनू हुन्न । टिनेजमा लभ कस्तो हुन्छ भनेर देखाउन खोजेको छ ।

कस्लाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । मैले आस्थाको भुमिका निर्वाह गरेकी छु । तपाईहरुलाई कत्तिको मन पर्छ हेरेर प्रतिक्रिया दिनुहोला । ‘विच्छुं’ फिल्म पनि आउँदैछ त्यो हेरेर नेपाली दाजुभाई दिदी बहिनीले हेरेर प्रतिक्रिया दिनुहोला । नेपालमा पनि चाँडै आउनेछ ।

 

1558 पटक पढीएको
प्रतिकृया दिनुहोस