गायक विश्वराम कार्की द्वारा नेपालीहरुमा उर्जा थप्दै
शुक्रबार, मंसिर ३, २०७३

एक्स्ट्रा परामा’ भन्ने गीतबाट चर्चा कमाएका गायक एवं संगीतकार विश्वराम कार्कीको अर्को निकै नै मन छुने देश्भक्ती गीत “यो हो नेपाल ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । धेरै लामो समय पश्चात उनको यो भिडियो सार्वजनिक गरिएको हो । उनको ‘आँफैमा म ‘ नामक एल्बममा यो लगायत अन्य आँफैमा “गोशाईकुण्ड मेला जाँदा”एक्स्ट्रा पारामा, “तिमी मेरो मुटुमा छौँ’ समाबेश गरिएको छ । यस् गीतको शब्द तथा संगीत भने श्री थापा मगरको रहेको छ । चर्चित गायक प्रमोद निर्वाणले यस गीतको एरेन्ज गरेका छन ।

भिडीयोमा बिभिन्न चर्चित व्यक्तीत्वहरु तथा राष्ट्रिय खेलाडिको फोटो तथा उनका कामहरुलाई निकै मार्मिक तथा देशभक्ती तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ । म्यूजिक भिडियोमा अरुण मरासिनीको सिनेम्याटोग्राफि रहेको छ भने ईडिटीङ तथा डाईरेक्सन जिवन थापाको रहेको छ । एउटा सम्पूर्ण रुपमा राष्ट्रप्रती समर्पित रहेर नेपालीहरुमा अर्को उर्जा थप्ने काम गर्न खोजिएको छ ।

 

https://www.youtube.com/watch?v=5MCeiYYL89U
197 पटक पढीएको
प्रतिकृया दिनुहोस