तिमीसंग ग्रिनकार्ड छ ?
सञ्जय चाम्लिङ राई

तिमीसंग ग्रिनकार्ड छ ? हिजो विहानै अर्थात नोभेम्वर ९ को पूर्ब सन्ध्यामा सगैँ काम गर्ने सहकर्मी खैरे साथीले एक्काशी सोधे। मैले किन भनी नसक्दा ट्रमले जितीसक्यो नी भन्दै मानसिक दवाब दिन खोजेको जस्तो आभाष भयो। अनि उसले मेरो हल्का चिन्ता गरे जस्तो नी भान भयो मलाइ। कामको समयवधी सकेर घर फर्के, र फेसवुक उघारेँ। फेसबुकको भित्ता भरि छरपष्ट हार र जीतको उत्तेजनाले स्खलित विचारहरु छरिएको देख्दा अच्म्म लाग्यो। कस्ले के भन्यो, कस्ले के लेख्यो तेता तिर जान चाहन्न म।

जित्नेलाई जरुर जित्छु भन्ने विश्वास थिएन, हार्नेले हार्दिन भनेर ढुक्क थिइन तर हारिन फेरि एकअर्काले परिणामलाई विनम्रतापूर्वक स्विकारे, हार्नेले बधाइ दिए, जित्नेले सान्तवना।यो एउटा राजनितिको सस्कारं हो र प्रजातान्त्रिक अभ्यास पनि। एकले अर्को लाई स्विकार गरिसके पछि अरुको टाउको दुख्नु स्वाभाविक हो भन्दा नि मानवीय स्वभाब हो।

डोनाल्ड ट्रमको विजय सगैँ अमेरिका बस्ने नेपालीको विषयमा चिन्ता व्यत्त गर्दै विभिन्न अनलाइन मिडिया मार्फत लाखौँ नेपाली प्रभावित हुदैँ, नेपालीहरु अमेरिका मा अहिले सम्मकै धेरै असुरक्षित महशुस गरि रहेको भन्ने जस्तो अपुष्ट खबर हरु बाहिर आए, अझै आउदैछन। हो सवैलाई थाहा छ, ट्रमले चुनाव प्रचारको क्रममा आप्रवाशी बिरोधी एजेण्डा फालेका थिए, समग्रमा ट्रम विदेशी प्रति निकै नै अनुदार भएको सवैलाई सर्बविधितै छ, विज्ञहरुको भनाइ सुन्दा यदि ट्रमले वोलेको सबै पुरा भए आप्रवाशी मात्रै होइन पुरै विश्वले नै विपत्ति भोग्नु पर्छ, भन्ने तर्क छ। हाम्रो अवसर, हाम्रो एश्वर्य विदेशीले खादैंछ भन्दा अमेरिकी भोटरका लागि पपुलर नारा भयो र जन्ता त्यसैको पछि लागे। 

चुनाव जिते पनि।आज मात्रै होइन पहिला रिपब्लिकन राष्टपति हुदाँ पनि उनीहरुको धारणा विदेशी विरोधी नै थिए भने रिपब्लिकन कै रोनाल्ड रेगन राष्ट प्रमुख हुदाँ त अबैध आप्रवाशीलाई आममाफी नै दिइएको थियो भन्ने इतिहास हाम्रो सामु छर्लगैँ छ। त्यसैले अहिले चर्चा गरिए जस्तो अमेरिकामा ट्रम्पले राष्टपति पद जित्न वित्तिकै नेपालीलाइ अप्ठ्यारो पर्छ जस्तो लाग्दैन। मलाइ त यस्तो लाग्छ कि वैध होस या गैरकानुनी जुनरुपले वसोवास गरेपनि यहाँको करोडौँ आप्रवाशी कामदार यो देशको अर्थतन्त्रको आधारस्तम्भ हो।
 

9148 पटक पढीएको
प्रतिकृया दिनुहोस