राज्यकोषको श्रोतमाथि उदेक लाग्दो विभेद
निरज आचार्य

जाजरकोटको जगतिपुर ७ का सागर आर।सी वर्ष १३, वालक कात्कि ११ मा अचानक विमारी परे उन लाई कोहलपुर मेडीकल कलेज मा लगीयो । कोहलपुर मेडीकल कलेजले अवस्था गम्भीर भएकाले काठमाण्डौ लिन सल्लाह दियो । एम्बुलेनस रिजर्व गरी टीचिङ हस्पिटल काठमाण्डौ पुर्याएको एकदिन पछी टीचिङ ले हामिसंग कुनै वेड खाली छैन कान्तिमा लिनुस भन्यो । कान्ति वाल अस्पताल पुर्याए । कान्तिले एकदिन पछी भन्यो बच्चालाई पिआईंसियुमा राखेर उपचार गर्नु पर्ने हुदा हामि संग पिआईंसियु छैन भनेर पाटन हस्पीटल लिन सल्लाह दियो ।

पाटनमा पाँच दिन विरामि राखीयो । उस्को मृगौलामा समस्या देखीन्छ किष्ट हस्पीटलमा लानोस भन्यो र रिफर गर्यो । किष्टमा पनि १० दिन बसे नियमित मृगौलाको डायलोसिस गरे । यि सवै प्रकृयामा उन्को करिव तिन लाख रुपैया सकियो अव उप्रान्त उपचार गर्न उनि संग पैसा छैन । तर निको भएन सरकार निशुल्क उपचार भन्छ । अस्पतालमा बूझ्दा हाम्रोमा हैन अनेत्र बुझ्नुहोस भन्छ । कहाँ हुन्छ निसुल्क खोज्दा खोज्दै धन सकीयो ज्यान जाने खतरमा छन उनि ।

जाजरकोट को पून्मा गा।वि।स। वडा नं ६ की दली सिह ४० वर्ष उनि एक हप्ता अगाडी विरामी परिन र कोहलपुर मेडीकल कलेजमा उपचारकालागी ल्याइयो । कोहलपुर मेडीकल कलेजले उन्को स्थनमा क्यान्सरको आशंका गरी चितवन क्यान्सर अस्पताल पठायो । चेक जाच गर्दा चितवन अस्पताल ले निजको स्थनमा क्यान्सर भएको र चौथो रिङमा पुगेकाले चितवनमा उपचार गर्न नसकीने जानकारी गरायो । गाउ वाट ४० हजार रुपैया वोकेर आएका विचराको रकम सकीयो । वाहीर लीने सम्भावनै भएन गरीवी संग काल साटे र आज विहाना जाजरकोट पुर्याए ।

यि त मैले आँखा अगाडी देखेका साक्षत प्रतिनिधिमुलक घटना हुन । आर्थिक अभावले उपचार गर्न नसकेर अल पत्र परेका यस्ता सयौ दर्दनाक घटना छन । यसता निमुखा हरु कहिले प्रधानमन्त्री, मन्त्री र बरिष्ठ नेता बन्लान र राज्यकोषको सुविधावाट उपचार पाउलान रु कहिले स्वास्थे उपचारमा यस्ताको सहज पौच होला र?

392 पटक पढीएको
प्रतिकृया दिनुहोस