अब विमलेन्द्र के गर्लान ?
डा. गोविन्दबहादुर थापा

काठमाण्डौ निजगढ दु्रतमार्ग नेपाल सरकार आफैले निर्माण गर्ने निर्णय हुन लागेको समाचार सुन्दा खुसी लागेको छ । अघिल्लो सरकारले गरेको प्रतिवद्धतामा यो सरकार चार महिना ढिलो गरी आई पुगेको छ । ढिलै भए पनि यो निर्णय सकारात्मक छ ।

संसदको अर्थ र विकास समितिको संयुक्त वैठकमा काँग्रेसकै भौतिक योजना तथा निर्माण मन्त्रीले यो घोषणा गरेकाले अव नेपाली काँग्रेस पनि यो लाईनमा आई पुगेछ भनी मान्नु पर्ने हुन्छ । यो पनि सकारात्मक कुरा हो ।

यसको अर्थ अव देशका तिनवटै ठुला दल यो सडक निर्माणमा एकै ठाउँमा आई पुगेका छन् भनेर बुझ्नु पर्दछ । त्यसैले अव चाहिँ ढिलो चाँडो यो सडक वन्दछ भन्ने आशाको अंकुर पलाएको छ । अव त विमलेन्द्र निधिले भाँड्न नसक्लान् कि ?
 

1289 पटक पढीएको
प्रतिकृया दिनुहोस