झापामा सतहत्तर लाख राजस्व सङ्कलन
शुक्रबार, मंसिर १०, २०७३

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । ट्राफिक प्रहरीले पाँच हजार नौ सय दुई मोटरसाइकल चालक तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चार सय पाँच जनालाई कारबाही गरेको छ ।

368 पटक पढीएको
प्रतिकृया दिनुहोस