जीवनरक्षाका नाममा डा केसीका सबै माग पुरा गर्न नसकीने सरकारको निस्कर्ष
शनिबार, मंसिर ११, २०७३
सरकारले डा गोविन्द केसीको जीवन रक्षाका नाममा सबै माग जस्ताको तस्तै पुरा गर्न नसकिने निस्कर्ष निकालेको छ । बुधवार भएको प्रधानमन्त्री सहितको छलफलमा डा. गोविन्द केसीले उठाएका सबै माग जस्ताको तस्तै पुरा नगर्ने निस्कर्ष निकालेको स्रोतले नेपालपाटीलाई बताएको छ । चिकित्सा शिक्षा सुधारका विषयमा उठाका केही माग पुरा गर्न छलफल गर्ने तर सबै माग जस्ताको तस्तै पुरा नगर्ने अडानमा सरकार बस्ने भएको छ । प्राडा गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थानमा नौ महिनादेखि खाली रहेको डिन नियुक्ति नगर्नमा त्रिवि उपकुलपति तिर्थ खनियाँ संलग्न रहेको जनाउँदै उनलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।  त्यो माग सरकार पुरा गर्ने पक्षमा छैन । 
 
केसीले वरिष्ठताका आधारमा संस्थानमा डिन नियुक्त गर्न र एमबीबीएस, बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए जस्तै कायम गर्न तुरन्त विश्वविद्यालयहरुलाइ निर्देशन दिन आग्रह समेत गरेका छन् । यस अन्तर्गत अघिल्लो साल जस्तै एमबीबीएसको उपत्यका भित्र ३५ लाख, उपत्यका बाहिर ३८.५ लाख र बीडीएसको २० लाख कायम गर्नुपर्ने उनको माग छ । वरिष्ठताका आधारमा संस्थानमा डिन नियुक्त गर्न र एमबीबीएस, बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए जस्तै कायम गर्न तुरन्त विश्वविद्यालयहरुलाइ निर्देशन दिन आग्रह गरेका थिए ।  
 
अरु मागका विषयमा सकारकार सकारात्मक छ तर व्यक्तिलाई नियुक्त गर्ने र हटाउनेमा सरकार छलफल गर्नेमा समेत देखिएको छैन एक मन्त्रीले भने । शिक्षा मन्त्री धनीराम पौडेलले पनि केसीले उठाएको खनियाँलाई हटाउनुपर्ने माग पुरा गर्न नसकिने बताए । 
‘व्यक्ति राख्ने र हटाउने माग उउपयुक्त होइन मन्त्री पौडेलले भने, ठीक तिर्थ खनियालाई हटाउने विषयमा सरकारले सोचेको पनि छैन, हटाउनुपर्ने आबश्यक पनि छैन ।’ १४औं दिन पुगिसक्दा पनि उनका मागहरु सम्बोधन गर्ने विषयलाई लिएर सरकारको तर्फबाट कुनै पहल नभएको भन्दै उनका समर्थकहरुले आक्रोश पोख्न थालेका छन्। डाक्टर केसीको यो १० औं अनशन हो ।
 
1255 पटक पढीएको
प्रतिकृया दिनुहोस