नेपाल र पाकिस्तानको खेल आज
शनिबार, मंसिर ११, २०७३

टी–२० महिला एसिया कपअन्तरगत आज नेपाल र  पाकिस्तान भिड्दै छन् । गत असोजमा हङकङमा भएको आइसीसी महिला विश्वकपअन्तर्गत एसिया छनोटमा दोस्रो भएपछि नेपालले एसिया कप खेल्न पाएको हो ।

थाइल्याण्डको बैंककस्थित टर्ड थाई क्रिकेट स्टेडियममा हुने पाकिस्ताविरुद्धको खेल नेपालका लागि चुनौति पूर्ण हुनेछ । नेपाली महिला टोलीले एसियाली स्तरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो अवसर हो ।

एसिया कपमा पाँचौ सहभागिता जनाइरहको पाकिस्तान र दोस्रो पटक सहभागी भइरहेको नेपालले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन् । प्रतियोगिता सन् २०१२ मा चीनको ग्वान्झाउमा भएको पाँचौ संस्करणपछि ट्वान्टी–ट्वान्टी फम्र्याटमा हुँदा नेपा पनि सहभागी भएको थियो । यद्दपि सो प्रतियोगितामा खेलेको तीनै खेलमा पराजय बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाली टोलीमा आइसीसी महिला विश्वकपअन्तर्गत एसिया छनोट खेलेका १३ खेलाडी छन् । छनोट खेलेकी निर्मला शाहीको स्थानमा भने शोभा आलेलाई ल्याइएको छ । छनोट नखेलेकी संगीता राई पनि टोलीमा छिन् । एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी निर्मला शाही चोटका कारण टीममा छैनन् ।

एसिया कपमा नेपालसहित ६ राष्ट्रबीच प्रतिस्पर्धा हुँदै छ । आयोजक थाइल्यान्डसहित भारत, पाकिस्ता, बंगलादेश, श्रीलंकासँग नेपाल भिड्नेछ । राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।

175 पटक पढीएको
प्रतिकृया दिनुहोस