फोहर व्यवस्थापनका लागि पाँचसय बाल्टिनको व्यवस्था
शनिबार, मंसिर ११, २०७३

थर्ड आइज युथ क्लबले बुद्धनगर क्षेत्रमा बटुवालाई फोहर फाल्न त्यस क्षेत्रको सडकमा करिब ५०० बाल्टिनको व्यवस्था गरेको छ । आज आयोजित कार्यक्रममा सो कार्यको शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यस क्षेत्रलाई फोहर र प्रदूषणमुक्त बनाएर नमुना बस्तीका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले मुलुकमा अहिले देखा परेको अन्योलको अन्त्य गर्न मधेसी मोर्चाका केही मागलाई सम्बोधन गर्नुपर्ने खाँचो रहेको बताउँदै संविधान संशोधन गरी राजनीतिक निकासका लागि नेकपा (एमाले)ले पनि सहयोग गर्नुपर्ने बताए ।

सांसद मोहनकुमार राईले स्थानीय टोलको विकास, सामाजिक कार्यका साथै पूर्वाधार निर्माणमा स्थानीय युवा वर्गको अग्रसरता आवश्यक रहेको विचार व्यक्त गरे । क्लबका अध्यक्ष सुभाष राईले उक्त क्षेत्रमा सफा राख्न बाल्टिनको व्यवस्था गरिएको जानकारी दिँदै अब चाँडो प्रत्येक घरमा मल बनाउने भाँडा वितरण गरिने बताए ।

153 पटक पढीएको
प्रतिकृया दिनुहोस