महिला एसिया कप : नेपाल ४७ रनमै अलआउट
शनिबार, मंसिर ११, २०७३

महिला एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामू ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल १८.१ ओभरमा ४७ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि रुविना क्षेत्रीले ११ रन बनाइन् भने अन्य ब्याट्सवुमनले दोहोरो अंक समेत जोड्न सकेन । ज्योति पाण्डे र इन्दु बर्माले ८/८ रन बनाइन् भने करुण भण्डारीले ६ र निरा राजोपाध्यायले २ रन बनाइन् । काजल श्रेष्ठ र सरिता मगर १/१ रनमा आउट हुँदा तीन ब्याट्सवुमनले खाता नै खोल्न सकेनन् । पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

111 पटक पढीएको
प्रतिकृया दिनुहोस